सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जसपा नेपालको गुलरियामा अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न


गुलरिया, बर्दिया जनता समाजवादी पार्टी नेपालले बर्दिया जिल्लामा आफ्नो नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिएको छ।
कार्यक्रममा जसपा नेपालका केन्द्रिय अध्यक्ष तथा पुर्ब उपप्रधानमन्त्री उपेन्द्र यादव ज्युको प्रमुख अतिथी उपस्थितिमा प्रशिक्षण भएको गुलरियाका युवा नेता पप्पु यादवले जानकारी दिए ।


जनतासँग जसपा नेपाल, भन्ने मुल नाराका साथ , आधारभूत संगठन निर्माण अभियान अन्तर्गत लुम्बिनी प्रदेश स्तरीय अभियन्ता अभिमुखिकरण कार्यक्रम , प्रशिक्षण कार्यक्रम आज पनि बर्दियाको गुलरियामा जारी रहेको छ ।

कार्यक्रममा जसपा नेपालका लुम्बिनी प्रदेश का सासंद तथा जसपा नेपालका केन्द्रिय सदस्य अम्बिका काफ्ले, केन्द्रिय सचिव कमरुदिन राई , बर्दिया जिल्ला अध्यक्ष कृष्ण यादव, गुलरिया नगरपालिका ११ नं वडाका अध्यक्ष बिष्णु यादबको समेत उपस्थिति रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »