सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शितलहरका कारण रूपन्देहीका विद्यालयहरूमा बिदा

काठमाडौं। केही दिनयता बढेको चिसोका कारण रूपन्देहीका स्थानीय पालिकाहरूले विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।

पछिल्लो एकसाता यता रूपन्देही, नवलपरासी, कपिलवस्तु लगायत तराई क्षेत्रमा बाक्लो हुस्सुसहित शितलहर चलेको छ।

शितलहरसँगै बढेको अत्यधिक चिसोले जनजीवन प्रभावित बनेको छ। चिसो बढेपछि तिलोत्तमा नगरपालिकाले विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नगरपालिकाले बुधबार सूचना जारी गर्दै पुस २५ गतेदेखि २९ गतेसम्म नगरपालिका भित्रका सबै विद्यालयमा बिदा दिने निर्णय गरिएको जनाएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले चिसोका कारण बालबालिकाहरूको स्वास्थ्यमा समस्या हुन सक्ने भएकोले नगरपालिका भित्रका सबै विद्यालयमा बिदा दिने निर्णय गरिएको जानकारी दिए।

नगर प्रमुखस्तरीय निर्णयबाट दिइएको उक्त बिदालाई वार्षिक बिदामा समायोजन गर्न पनि नगरपालिकाले भनेको छ।

यसअघि रूपन्देहीकै मर्चवारी, कोटहीमाई र सम्मरीमाई गाउँपालिकाले विद्यालयहरूमा सार्वजनिक बिदा दिइसकेका छन्।  

मर्चवारी र सम्मरीमाई गाउँपालिकाले पुस २२ गतेदेखि माघ २ गतेसम्म जाडो बिदा दिएका छन् भने कोटहीमाई गाउँपालिकाले पुस २९ गतेसम्म बिदा दिएको हो।

चिसो अत्यधिक बढेका कारण बालबालिका, वृद्धवृद्धा, बिरामी, अशक्त तथा दैनिक मजदुरी गरी जीविकोपार्जन गर्नेहरू प्रभावित बनेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »