सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डुडुवा–६ मा सामाजिक सुरक्षा भत्ता वितरण


नेपालगन्ज, बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । आर्थिक बर्ष २०८१÷०८२ को प्रथम र दोस्रो त्रेमासिक अन्र्तगत साउनदेखि पुससम्मको भत्ता वितरण गरिरहेको हो ।
आज विहीबार वार्ड नं. ६ स्थित इलाका प्रहरी कार्यालय हिरिमिनियामा सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरिएको छ । भत्ता वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले चिसोको मौसममा नागरिकलाई सहजकताका लागि बैंकका कर्मचारीहरु गाउँमै आएर भत्ता वितरण गरिरहेको बताउनुभयो ।


अध्यक्ष चौधरीले भत्ता वितरण प्रक्रियामा बैंिकङ लगायत प्राविधिक समस्याले स्थानीयको घर घरमै पुगेर वितरण गर्न नसक्नु दुखद कुरा भएको भन्दै त्यसको विकल्पमा बैंकलाई बस्तीमै बोलाएर वितरण गर्न लागेको बताउनुभयो ।
यस अघि गाउँपालिकाको वडा नं. ३ र ४ का ज्येष्ठ नागरिकलाई भत्ता वितरण गरिसकिएको र बाँकी वडामा पनि वितरण शुरु हुने वडा सचिव शिवकुमार मौर्यले बताउनुभयो । उहाँका अनुसार करिब चार हजार तीन सय जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ ।
वडासचिव मौर्यका अनुसार ६८ वर्ष पुगेका जेष्ठ नागरिकलाई प्रति महिना रु चार हजार, ६० वर्ष पुगेका जेष्ठ नागरिक दलित, ६० वर्ष पुगेका जेष्ठ नागरिक एकल, विधुवा आर्थिक सहायतालाई प्रति महिना रु दुई हजार ६ सय ६०, पुर्ण अपागंता भएका व्यक्ति (क) वर्गलाई प्रतिमहिना रु तीन हजार नौ सय ९०, अपांगता भएका व्यक्ती (ख) वर्गलाई प्रतिमहिना रु दुई हजार एक सय २८ र जन्मेदेखि ५ वर्ष मुनिका दलित बालबालिकालाई प्रतिमहिना रु पाँच सय ३२का दरले रकम वितरण गरिनेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »