सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

काठमाडौं। रुकुम पश्चिमको चौरजहारीमा मोटरसाइकल दुर्घटनामा परेर एक युवाको मृत्यु भएको छ ।

चौरजहारी नगरपालिका–१ लामिछाने गाउँ निवासी ३२ वर्षीय चिरञ्जीवी लामिछानेको दुर्घटनामा परेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार चौरजहारी बजारबाट घरतर्फ जाने क्रममा लामिछानेले चलाएको कर्णाली प्रदेश ०३–००१ प ०४७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

घर पुग्ने क्रममा आज बिहान २ बजे मोटरसाइकल दुर्घटना भएको र उपचारको लागि चौरजहारी ल्याइएको थियो ।

उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »