सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रादेशिक महोत्सवमा अर्गानिक उत्पादनको आकर्षण

नेपालगन्ज, नेपालगन्जमा सञ्चालित प्रादेशिक महोत्सव २०८१ को मुख्य आकर्षण कर्णाली प्रदेशका अर्गानिक उत्पादन बनेका छन्।

अन्य समयमा यहाँ सहज रुपमा उपलब्ध नहुने कर्णाली प्रदेशका विभिन्न जिल्लाका निकै महत्वपूर्ण अर्गानिक उत्पादन महोत्सवमा बिक्रीका लागि राखिएपछि त्यहाँ जाने अधिकांशको खरिद गर्ने रोजाइमा ती उत्पादन परेका हुन्। नेपालगन्ज उद्योग वाणिज्य सङ्घको अयोजनामा यहाँ प्रादेशिक महोत्सव २०८१ जारी छ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

लुम्बिनी र कर्णाली प्रदेशका स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइएको महोत्सवमा सिस्नो, खाद्यान्न, फलफूल तथा तरकारीसहित विभिन्न सामग्री बिक्री र प्रदर्शनीका लागि ल्याएको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टंक धामीले बताउनुभयो।

कर्णाली अग्र्यानिक डिष्ट्रिब्युटरका सञ्चालक शैलेन्द्र एडीले महोत्सवमा सिस्नोको पाउडर, हरियो पात, आलुको चिप्स, रातो मकै, टिमुरको छोप, चौंरी गाईको घिउ, सेतो गन्जी, ओखर, सुकाएको स्याउ र मार्सी चामल बिक्रीका लागि राखिएको बताउनुभयो।

उहाँले धनलक्ष्मी ऐडीले हुम्लाबाट टिपेर ल्याएको सिस्नो ग्राहकलाई निकै मन परिरहेको बताउनुभयो । प्रतिकिलो सिस्नोको हरियो पात १५० र पाउडर एक हजार रुपियाँका दरले बिक्री भइरहेको सञ्चालक एडीले जानकारी दिनुभयो।

महोत्सवमा आउने अधिकांशले कर्णालीका उत्पादन खरिद गरिरहेको र धेरैले उत्पादनका बारेमा जिज्ञासा राखिरहेको कर्णाली अर्गानिक डिष्ट्रिब्युटरले जनाएको छ।

उहाँले परम्परागत सीप र पेसालाई प्रवर्धन गर्न र स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले कर्णालीका अर्गानिक उत्पादनसँगै अन्य स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको बताउनुभयो।

महासचिव रानाभाटका अनुसार महोत्सवमा हस्तकला, कृषिजन्य सामग्रीलगायत आधुनिक उपकरण र प्रविधिका सामान बिक्री वितरणका ३५० वटा स्टल छन्। लोप हुँदै गएका परम्परागत सामग्रीको पहिचान र बजारीकरणमा विशेष ध्यान दिइएको नेपालगन्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »