सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लुम्बिनी प्रदेश प्रहरी प्रमुख दानबहादुर कार्कीबाट प्रहरी चौकी बल्कोट अर्घाखाँचीको भवन उद्घाटन

काठमाडौँ। प्रहरी नायव महानिरीक्षक एवं लुम्बिनी प्रदेश प्रहरी प्रमुख दानबहादुर कार्कीले प्रहरी चौकी बल्कोट अर्घाखाँचीको भवन उद्घाटन गरेका छन्।

शुक्रबार एक कार्यक्रमका बीच कार्कीले भवन उद्घाटन गरेका हुन्। नेपाल सरकारको नियमित बजेटबाट निर्मित प्रहरी भवन उद्घाटन शत्रमा प्रहरी नायव महानिरीक्षक कार्कीको प्रमुख आतिथ्यतामा, विशिष्ट अतिथि छत्रदेव गाँउपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ र डीएसपी चक्र मल्लको उपस्थिति थियो।

भवन उद्घाटनशत्रमा भवन निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्व, निर्माण व्यवसायी एवं जग्गा दान गरी सहयोग गर्ने जग्गादाताहरु र भूमिका निर्वाह गर्ने महानुभावहरुलाई कदर पत्र सहित सम्मान गरिएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »