सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पर्यटन प्रवर्धनका लागि नेपालगन्जबाट साइकल यात्रा

नेपालगन्ज, नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गरेको टुर दि ठाकुरद्वारा साइकल यात्राको सातौं संस्करण नेपालगन्जबाट सुरु भएर बर्दिया राष्ट्रिय निकुञ्ज रहेको ठाकुरद्वारामा पुगेको छ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), default quality

पर्यटन प्रवर्धनका लागि नेपालगन्जको बागेश्वरी मन्दिरबाट सुरु भएको सो साइकल यात्रा विभिन्न ठाउँ हुँदै बर्दियाको ठाकुरद्वारामा पुगेको नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिनुभयो।

उहाँले साइकल यात्रामा सहभागी भारतका २९ र चीनका एक जनासहित दुई सय साइकल यात्रीलाई शनिबार बर्दिया निकुञ्जमा जङ्गल सफारी, हात्ती सफारी र बाघ अवलोकन गराइने बताउनुभयो।

देश र विदेशका साइकल यात्री सहभागी सो साइकल यात्राले पश्चिम नेपालको पर्यटकीय जिल्ला बाँके–बर्दियामा पर्यटन प्रवर्धन गर्नुका साथै साइकल संस्कृतिको विकासमा ठुलो योगदान पुर्‍याउने अध्यक्ष सापकोटाको भनाइ छ।

नेपालगन्ज साइक्लिङ क्लबका वरिष्ठ उपाध्यक्ष तथा इभेन्ट संयोजक सुरेन्द्रदीप कार्कीले यसले बर्दिया र बाँकेमा विदेशी पर्यटक आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो।

नेपालगन्जको बागेश्वरी मन्दिर परिसरबाट शुक्रबार सुरु भएको साइकल यात्रा त्रिभुवन चोक, बिपी चोक, सुर्खेतरोड हुँदै कोहलपुर, बर्दियाको ओम केदारेश्वर धाम बाँसगढी, सतखलुवा, बैदी, बबई, भुरीगाउँ हुँदै शुक्रबार साँझ नै ठाकुरद्वारा पुगेको संयोजक कार्कीले बताउनुभयो ।

यसअघि सो साइकल यात्राको शुभारम्भ लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डबिक्रम न्यौपाने, बाँके क्षेत्र नम्बर २ का सङ्घीय सांसद डा. धवलशमशेर राणा र नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले संयुक्त रूपमा बागेश्वरी मन्दिर परिसरबाट शुक्रबार गर्नुभएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »