सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ट्रकले अटोलाई ठक्कर दिँदा अटोमा सवार एक महिलाको मृत्यु

काठमाडौं । मकवापुरमा ट्रकले अटोलाई ठक्कर दिँदा अटोमा सवार एक महिलाको मृत्यु भएको छ।

शुक्रबार बेलुकी ७:५० बजे मकवापुरको हेटौडा उपमहानगरपालिका-११ थानाभर्याङमा चितवन जाँदै गरेको ना ४ ख २४९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना १ ह ८३०८ नम्बरको अटोलाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सिएमसी चुरेहिल अस्पताल मकवानपुरमा शुक्रबार राति

मृत्यु भएको हो।

ट्रकको ठक्करबाट अटोमा सवार रहेकी मनहरी गाउँपालिका-६ खयरघारीकी ३५ वर्षीया पुजा बम्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा अटो चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका-१९ का २५ वर्षीय राजु थिङ गम्भीर घाइते छन्। उनको टाउकोमा चोट लागेको छ।अटोमा पुजाकी ११ वर्षीय छोरा अमृत घिसिङ पनि सवार थिए। दुर्घटनामा उनी पनि घाइते छन्। उनको अवस्था मध्यम रहेको मकवानपुर प्रहरीले जनाएको छ।

घाइते दुवैको सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।ट्रक, अटोसहित ट्रक चालक चितवनको राप्ती नगरपालिका- २ पिप्लेका ४८ वर्षीय कान्छा राईलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »