सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रधानमन्त्रीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्यबारे जानकारी

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले अस्पताल पुगेर मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

आइतबार प्रतिनिधि सभामा प्रश्नोत्तर कार्यक्रम सकेर प्रधानमन्त्री ओली कीर्तिपुर अस्पताल पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री पौडेल र मेयर आचार्य पोखरामा शनिबार आयोजित पर्यटन वर्ष उद्घाटन समारोहमा भएको घटनामा परी आगो लागेर घाइते भएका थिए ।

दुवै जनाको सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »