सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल टाईगर साप्ताहिक ३३ औं बर्षमा प्रवेश : वार्षिकोत्सवको अवसरमा सामाजिक व्यक्तित्वहरुलाई अभिनन्दन

काठमाडौं । नेपालमा २०४६ सालको जनआन्दोलनको उपलब्धिको रुपमा स्थापना भएको बहुदलिय व्यवस्थाको शुरुवात संगै स्थापना भएको नेपाल टाईगर साप्ताहिकले आफ्नो स्थापनाको ३३ औं बर्षको वार्षिकोत्सव भव्यताको साथ सम्पन्न गरेको छ ।
नेपाल टाईगर साप्ताहिकका प्रधान सम्पादक मधुबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न ३३ औं वार्षिकोत्सव कार्यक्रम पुर्व प्रधान न्यायधिश तथा मन्त्री परिषदका पुर्व अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सदनमा आयोजना भएको कार्यक्रम संचारकर्मी प्रकाश समिरले संचालन गर्नुभएको हो भने कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीको बिशेष आतिथ्यता र अनन्त बहादुर गुरुङ,खड्ग बहादुर बिष्ट,सुश्मा रन्जित लगायत को आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल टाईगर साप्ताहिक ३३ वर्ष लागेको अवसरमा प्रकाशित स्मारिका — २०८१ समेत विमोचन गरिएको थियो । प्रमुख अतिथि पुर्व प्रधान न्यायधिश तथा मन्त्री परिषदका पुर्व अध्यक्ष खिलराज रेग्मीले स्मारिका विमोचन गर्नु भएको थियो ।
कार्यक्रममा बिभिन्न माध्यमबाट सामाजिक रुपान्तरणको अभियानमा योगदान पुर्याउने तेह्रथुम जिल्लाको पहिलो नाटककार तथा सवारिचालक प्रशिक्षण सम्बन्धि पुस्तकका लेखक हरिभक्त बुढाथोकी,नेपाली सेनाका पुर्व उपरथि शेखर सिंह बस्न्यात, नेपालकै पहिलो महिला जिल्ला शिक्षा अधिकारी तथा दोश्रो महिला सिडियो अम्बिका के.सी., अर्थविद डा.रेवत बहादुर कार्कीलाई अभिनन्दन गरिएको थियो ।
यस्तै कार्यक्रममा समाजका बिभिन्न क्षेत्रमा सकृय बगला रेग्मी,ज्योती रन्जित,ई.केशवराज बिष्ट,डा.राम बहादुर बिष्ट,व्यवसायी साजीद खान,व्यवसायी विनित रावल,नारायण देवकोटा,साबित्री घिमिरे तथा कलाकार भुपेन्द्र पराजुली लाई प्रमुख अतिथिको हातबाट सम्मानपत्र सहित खादा माला लगाएर अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीले देशको चौथो अंगको रुपमा रहेको मिडिया क्षेत्रले सामाजिक रुपान्तरणको पहिलो अंग बनेर कार्य गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि पुर्व प्रधान न्यायधिश तथा मन्त्री परिषदका पुर्व अध्यक्ष खिलराज रेग्मीले वर्तमान सुचना संचारको युगमा मिडियाको महत्व बढ्दै गएको मात्र नभएर यस्तो डिजिटल युगमा छापा मिडिया लाई टिकाई राख्नु चुनौतिपुर्ण रहेको बताउनु भयो । यस्तो बेलामा समेत ३३ बर्ष यो साप्ताहिक पत्रिका टिकाईराख्ने यो टिमको साहस सामाजिक रुपान्तरणको अभियानमा मनन योग्य रहेको प्रमुख अतिथिले बताउनु भयो ।
आफ्नो व्यस्त समयलाई समेत मिलाएर साप्ताहिकको यो कार्यक्रममा उपस्थित भएर कार्यक्रमको गरिमा बढाएको भन्दै स्मारिकाका कार्यकारी सम्पादक रविन सिंह बस्नेतले सबैलाई आभार समेत व्यक्त गर्नु भएको थियो ।
आयोजकपक्षले अतिथि तथा कार्यक्रममा सकृय सहयोग गर्नेहरुलाई समेत मायाको चिनो प्रदान गरेको थियो ।
कार्यक्रम समापन गर्दै साप्ताहिकका प्रधान सम्पादक मधुबहादुर बस्न्यातले सबैको साथ र सहयोगले संस्था अहिलेसम्म टिकेको तथा आगामी दिनमा समेत यसरिनै सहकार्य र सहयोगबाट अगाडी बढ्न आफ्नो टिम प्रतिबद्ध रहेको बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »