सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सालकको खपटासहित चार जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तु सालकको खपटासहित चार जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए।

पक्राउ पर्नेमा सर्लाहीका ४८ वर्षीय कुवेरबहादुर स्याङ्तान, ओखलढुंगाका २८ वर्षीय राजु विश्वकर्मा, नुवाकोटका ४० वर्षीय सन्तबहादुर गुरूङ र सुनसरीका ४२ वर्षीय मदन राई छन्।

शनिबार साँझ ६ बजेतिर गोकर्णेश्वर नगरपालिका-५ चामुण्डा चोकबाट आठ किलो ५०० ग्राम खपटासहित उनीहरूलाई पक्राउ गरेको हो। 

डिभिजन वन कार्यालय हात्तिसारले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »