सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।यसअघि गत फागुन १३ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। 

उक्त दिन सुन प्रतितोला एक लाख ७१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ७४ हजार पाँच सय रूपैयाँ पुगेको छ। 

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन हजार दुई सय रूपैयाँ बढी हो।यस्तै बुधबार भने प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा सुनको कारोबार भएको थियो।

बुधबारको तुलनामा शुक्रबार भने सुनको मूल्य प्रतितोला चार हजार रूपैयाँ बढेको हो।

भर्खरै

सम्बन्धित खबर

Language »