सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेको राप्ती सोनारीमा खुकुरी प्रहार, अंकित परियार घाइते


नेपालगन्ज . बाँकेको राप्ती सोनारीमा शुक्रबार खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ राजपुर निवासी २५ वर्षीय अंकित परियार घाइते भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ स्थित सिनाबासमा उक्त घटना भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । घटनामा संलग्न राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनाका बाले भनिने बालकृष्ण ओली फरार रहेको उनले बताए ।

घाईतेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ । नदीजन्य पदार्थका विषयमा दुई समुहबीच विवाद भएकाले घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको अनुसन्धान चलिरहेको डिएसपी भण्डारीले बताएका छन् । (दूरसञ्‍चार)

भर्खरै

सम्बन्धित खबर

Language »