सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

इस्लाम धर्मावलम्बीको पर्व ईद–उल फित्र (इद) को अवसरमा सोमबार सार्वजनिक बिदा

काठमाडौँ, नेपाल सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद–उल फित्र (इद) को अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयका सहसचिव प्रवक्ता रामचन्द्र तिवारीले आज एक विज्ञप्ति सार्वजनिक गर्नुहुँदै नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको बताउनुभएको छ।

उहाँद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चैत १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।” (गोरखापत्र अनलाइन)

भर्खरै

सम्बन्धित खबर

Language »