सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं महानगरका कर्मचारीले तीन महिनापछि बुझे तलब

काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारीले तीन महिनापछि तलब बुझेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ काममा फर्किएसँगै कर्मचारीले तलब पाएका हुन् ।

मेयर बालेन शाहले निलम्बनमा राखेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई उपमेयर सुनिता डंगोलसहित जनप्रतिनिधिहरुले काममा फर्काएका थिए ।

महानगरमा तलब निकासाको काम वित्त विभागमार्फत हुन्छ । गुरागाईंले कार्यालयमा हाजिर गरेसँगै ‍राजस्व खाता सञ्चित कोषमा रहेको रकम खर्च खातामा सारेपछि कर्मचारीको खातामा तलब गएको हो।

भर्खरै

सम्बन्धित खबर

Language »