सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संघीयता खारेजको माग गर्दै जनमोर्चाको प्रदर्शन

काठमाडौं। राष्ट्रिय जनमोर्चाले २०८१ चैत्र २४ गतेदेखि ३० गतेसम्म ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने नारासहित राजधानी केन्द्रित आन्दोलनको आयोजना गरेको छ ।

सोही आन्दोलन अन्तर्गत आज गौसलाबाट जुलुस सुरु गरी मैतिदेवी, डिल्लीबजार हुँदै काठमाडौंको भृकुटीमण्डपमा पुगेर सभा गरेको हो ।

प्रतिगामी शक्तिहरूले गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गरेर विश्वको र नेपालको पनि इतिहासले गलत सिद्ध गरेको राजतन्त्रको पुनस्थापनालागि प्रयत्न गरिरहेका भन्दै त्यस प्रकारको प्रतिरोधको सामना गर्नु पनि अहिलेको राष्ट्रिय र ऐतिहासिक आवश्यकता भएको जनमोर्चाको भनाई छ ।

नेपालको राष्ट्रियतामाथि लगातार आक्रमण बढाउँदै लैजानुका साथै अब उनीहरूले नेपाललाई युद्धको अखडा बनाउन पनि प्रयत्न गरिरहेको हुनाले नेपालका शासक वर्ग वा विभिन्न राजनीतिक पार्टीहरूका साम्राज्यवाद परास्त नीतिहरूका कारणले त्यो खतरा अरू गम्भीर बन्दै गइरहेको स्पष्ट पारेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »