काठमाडौं । बालाजु बाईसधारा (ल्हुती पुन्ही) मेला भव्यताको साथ सम्पन्न भएको छ । आज भएको एकदिने मेला सम्पन्न भए पनि हिजो देखि शुरु भएको स्थानिय जात्रा भने अझै तिन दिन सम्म चल्ने छ ।
बिहान मेला शुरु हुनेबेलामा परेको झरीले मेलालाई केहि असर गरेको भएपनि दिउँसो घाम लागे पछि मेला भर्न तथा पुजा आजा र दर्शन गर्न आउने हरुको निकै भिडभाड थियो ।
(ल्हुती पुन्ही) बालाजु बाईसधारा मेला तथा खट जात्रा व्यवस्थापन समितिको व्यवस्थापनमा भएको मेलामा नेपाल प्रहरी ,सशस्त्र प्रहरीबल ,नेपाल स्काउटतथा स्थानिय क्लबहरुको स्वयंसेवक हरुले महत्वपुर्ण भुमिका खेलेर मेलालाई भव्यताको साथ सम्पन्न गर्न सम्भव भएको आयोजक हरुले जानकारी गराउनु भएको छ ।
बर्षेनी यहि समयमा हुने यस मेलालाई काठमाडौं महानगरपालिका आफैंले व्यवस्थापन गर्दै आएको मा २०८१सालबाट स्थानिय समितिबाटै व्यवस्थापन गर्ने निर्णय गरि स्थानियलाई जिम्मा दिदै आएको छ ।
काठमाडौं उपत्यका बाहेक उपत्यका आसपास र देशै भरबाट यो मेला भर्न आउने भक्तजनहरुको सहजताको लागि आयोजक समितिको तर्फबाट गर्नुपर्ने सम्पुर्ण व्यवस्थापकिय कार्यमा कुनै कमीहुन नदिएको आयोजक समितिका संयोजक प्रकाश बलामीले बताउनु भयो ।
स्वास्थ्य,शान्तिशुरक्षा,शौचालय, खानेपानी तथा दर्शन गर्नको लागि सबैलाई सहजहुने किसिमको वातावरण बनाउन आयोजकले स्थानिय प्रशासन ,नेपाल प्रहरी सशस्त्र प्रहरीबल ,महानगर प्रहरी,नेपाल स्काउट तथा नेपाल रेडक्रस सोसाईटी संग समन्वय गरि बिभिन्न उप समिति मार्फत कार्य गरेकोे आयोजक टिमले जानकारी गराएको छ ।
पुटपाथ बजार नहुँदा मेलाको रौनकता नहुने भन्दै महानगरपालिका र आयोजकको सहमतिमा बालाजु चोक बाट बाईपास चोक सम्म ठेला गाडा तथा गाडी बाहेकका पुटपाथ बजार राख्न बन्देज नगरिएको पनि आयोजकले जानकारी गराएको छ ।
यसपालि यो मेलामा नेवारी संस्कृती भल्काउने खाना लगायतका स्टलहरु राखेर स्थानिय उत्पादन लाई प्रसय दिईएको आयोजकले जनाएको छ ।
मेलामा सिंखडा सेवा समाज महिला समुह ,यज्ञ ईन्जिनियरिङ , रा.स्व.पा. वडा नं. १६ लगायत एक दजर्न संस्था तथा कम्पनिहरुले निशुल्क पिउने पानिको प्रवन्ध गरेका थिए ।
एकै प्रागणमा भएको चत्न चुणेश्वर महादेव मन्दिरमा पनि आज रामायण भजन,प्रसाद ग्रहण लगायतका कार्यक्रमहरु भएका थिए ।
त्यस मेलामा पुगेका अधिकांश अतिथिहरु रत्न चुडेश्वर महादेव मन्दिरमा समेत पुगेका थिए ।
पानिको श्रोतमा कमी हुँदै गएपछि बन्दगरिएको २२ धारा लाई आजको दिनमा भने सबै ्धाराबाट पानि आउने बनाईएको थियो । २२ धारामा नुहाएपछि चर्म रोग लगायतका रोगहरु निकोहुने किम्बदन्ती अनुसार भक्तजनहरु धारामा नुहाउन पुगेका हुन् ।
मेला अवधिमा कता कता के के भयो भन्ने साना साना रिपोर्टहरु आई नसकेकोले सबै विवरण भने स्थानिय जात्राको समापन भएपछि समिक्षाकार्यक्रम सहित सार्वजानिक गर्ने आयोजकले जनाएको छ ।









