नेपालगन्ज ,प्राविधिक शिक्षाक्षेत्र आफनो नाम कमाउन सफल रहेको नेपालगन्ज टेक्निकल कलेज नेपालगन्ज बाँकेले भेरी अञ्चल अस्पताललाई २० सेट पिपिइ सेट उपलब्ध गराएको छ ।

अहिले कोरोना ( COVID-19) बाट बिश्व आक्रान्त भइरहेको बेला कोरोना बिरुद्ध चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई उक्त पिपिइ सामग्री आबश्यक भएको हुदा भेरी अञ्चल अस्पताल नेपालगन्ज बाँकेका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापालाई २० सेट पिपिइ दिइएको नेपालगन्ज टेक्निकल कलेज नेपालगन्ज बाँके कलेजका निर्देशक किशोर कुमार पाण्डेले जानकारी गराउनु भएको हो ।

यस्तो बेलामा सबैले सक्दो सहयोग गर्नु पर्ने भनेर कलेजले पनि केही राहत होस् भनेर थोरै भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको कलेजका प्रिन्सिपल इन्जिनियर दामोदर ढकालले बताउनु भयो ।








