सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अण्डा बोकेको गाडीले स्कुटरलाई ठक्कर दियो, एक महिलाको मृत्यु

काठमाडौं ।  अण्डा बोकेको बोलेरो गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। 

भरतपुर-७ प्रेमबस्ती चोकमा गीतानगरबाट भरतपुरतर्फ आइरहेको ना ५ च २६४४ नम्बरको बोलेरोले गाडीले सोही दिशातर्फ आइरहेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा भरतपुर-६ ईन्द्रपुरी बस्ने ५२ वर्षीया लक्ष्मी वाग्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिए। 

दुबै सवारी साधन र बोलेरो चालक मकवानपुरको मनहरी-६ बस्ने २५ वर्षीय पेमा लामा प्रहरीको नियन्त्रणमा छन्।

भर्खरै

सम्बन्धित खबर

Language »