सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौंमा मोटरसाइकल चोरेर भागेका युवक टिपरसँग ठोक्किएर गम्भीर घाइते

काठमाडौ। काठमाडौंमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

काठमाडौं महानगरपालिका-०३ नारायणगोपाल चोकनजिक नयाँ बसपार्कबाट जाँदै गरेको बा ४ ख १२०३ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदैं गरेको बा.प्र-०२-०४१  प ३९३८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार टिपरसँग ठोक्किएपछि मोटरसाइकल चालक धादिङको गजुरी गाउँपालिका-०७ का २० वर्षीय दर्तामान तामाङ गम्भीर घाइते भएका छन्।

उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनको निधार, घाँटी र नाकमा चोट लागेको पनि प्रहरीले जनाएको छ।

दुर्घटनाको प्रारम्भिक अनुसन्धानबाट दार्तारामले चलाएको मोटरसाइकल चोरीको भएको पाइएको एसपी बोहराले जानकारी दिए।

दार्तारामले गएराति नै शंखरापुर नगरपालिका-७ साँखुबाट उक्त मोटरसाइकल चोरी गरेको भेटिएको छ। मोटरसाइकल धनी अनील स्याङ्बो सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ।

चोरी गरेर भाग्दै गर्दा मध्यराति दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनापश्चात टिपर चालक भने फरार छन्। टिपरका साहु नुवाकोट ककनी गाउँपालिका-२ का उत्तम घिमिरे सम्पर्कमा आएको एसपी बोहराले जानकारी दिए।

घाइते भएका मोटरसाइकल चालक दार्तारामलाई त्रिवि शिक्षण अस्पतालबाट रेफर गरी सिनामंगलस्थित केएमसी अस्पताल लगिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »