सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

झापामा मृत फेला परे एक वृद्ध

काठमाडौं । झापामा एक जना वृद्ध मृत फेला परेका छन्।

भद्रपुर नगरपालिका–१० मा एक वृद्ध घोप्टो परेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मृतक सोही ठाउँका अन्दाजी ६५ वर्षीय निगे राई हुन्। उनी मंगलबार बिहान करिब ८ बजेतिर घरबाट निस्केका थिए।

राई डाँगीबारीस्थित भित्री सडकखण्डको कल्भर्टबाट करिब ८–१० फिट तल लडेको र अवस्थामा घोप्टो परेर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमर्टमको लागि प्रदेश अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »