सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सहि ढंगले स्टोर नगर्दा बोटल र जारको पानीमा बिभिन्न समस्या आउन सक्छ — ध्रुव गौतम


काठमाडौं । मानिसको दैनिक जिवनमा अत्याधिक मात्रामा प्रयोगहुने वस्तु मध्य महत्वपुर्ण वस्तुको रुपमा हेरीने पिउने पानी हो । प्राकृतिक श्रोतको रुपमा रहेको पानी लाई घर सम्म पुर्याउने एक माध्यम जार र बोटलमा भरिएका पानी पनि हुन् । यस्ता जार र बोटलका पानीमा बिभिन्न समयमा बिभिन्न किसिमका समस्याहरु समेत देखा पर्ने गरेका छन् ।
केहि दिन अगाडी तारकेश्वर नगरपालिका वडा नम्बर ६ को एक पसलमा खान योग्य भएको मिति रहेको पानीको बोटलमा लेउ भेटिए पछि अहिले बजारमा जार र बोटलको पानी प्रति शंका उप शंकाहरु उत्पन्न भएका छन् । यो बिषयमा नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष ध्रुव गौतम संग हाम्रा प्रतिनिधिले प्रत्यक्ष संवाद गरेका छन् ।
यो बिषयमा आफुले मिडियामा हेरेर मात्र थाहा पाएको भन्दै गौतम भन्नु हुन्छ “बजारमा जाने सबै पानीहरु खान अयोग्य छैनन् र हल्लाको पछाडी लाग्नु पनि राम्रो होईन तर मेसिनलाई मानिसले चलाएर गरिने कतिपय कार्यहरुमा उद्योगको कमजोरी नै छैन भन्न मिल्ने अवस्था भने छैन ” ।
गौतमका अनुसार पानि फिल्टरहुने मुख्य मेसिनको भित्रिभागमा कहिलेकाँही समस्या हुँदा पानीमा फोहर देखिने समस्या हुन सक्छ । त्यो पानी भरी सके पछि पनि थाहा नहुन सक्छ तर त्यसरी आएको पानीको २ — ४ बोटलमा मात्र त्यस्तो देखिदैन एक लट पुरै बिग्रन सक्छ ।
गौतम भन्नुहुन्छ “१ कार्टुन वा केही पानीमा मात्र कसरी समस्या देखियो त्यसको बिषयमा हामि पनि अनुसन्धान गरिरहका छौ” । कतै नियोजित रुपमा त्यस्ता गतिबिधि त भई रहेको छैन ?
लामो समय देखि आफु यहि व्यवसायमा आबद्ध रहेर संघको नेतृत्व समेत गरिरहेकोले यस्ता बिषयमा आफु जिम्मेवार बन्नु पर्ने कुरामा सचेत रहेको गौतमले बताउनु भयो ।
मानवीय स्वास्थ्य संग जोडिएको यो बिषयमा उद्योगी तथा उपभोक्ता गम्भिर हुनु आवश्यक रहेको भन्दै गौतमले बजारमा गएको पानीको स्टोर गर्ने गलत तरिकाको कारण पनि यस्ता समस्या निम्तने गरेको बताउनु भयो ।

बजारमा पानी मा समस्या देखिएपछि उत्पादन स्थगित गरेर के समस्या भएको हो भन्ने बारे कम्पनी ले अनुसन्धान शुरु गरेको छ ।


निश्चित तापक्रममा राख्दा निश्चित समय सम्म प्रयोग गर्न योग्य रहेको पानीलाई अत्यधिक घाममा राख्ने र फेरी सितलमा राख्ने गर्दा छिटो लेउ लाग्ने हुन्छ । यो कुरा सबै पसलेहरुलाई थाहा नहुँदा यस्तो भएको हुन सक्ने गौतमको तर्क रहेको छ । लापर्बाही गरेर स्टोर गर्दा आएको समस्या लाई पुरैे उद्यागीहरुको लापर्वाहीको रुपमा नलिन उहाँले आग्रह समेत गर्नु भएको छ ।
उपभोक्ता र व्यवसायी दुवै पक्ष सचेत भए यस्ता समस्याहरु नआउनेमा आफु निश्चिन्त रहेको गौतमको तर्क छ ।
बजारमा पानीमा त्यस्तो कुनै समस्या देखिएमा आफ्नो सम्पर्क नम्बर ९८५१०२९६४९ मा सम्पर्क गर्न समेत गौतम ले उपभोक्ता हरु लाई आग्रह गर्नु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »