सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दरबार हत्याकाण्डको शोकमा आज आन्दोलन नगर्ने, दीप प्रज्वलन गर्ने कार्यक्रम तय

काठमाडौं। आन्दोलनरत राजावादीहरूले आजको आन्दोलन स्थगित गरेर शोक मनाउने भएका छन् ।

जेष्ठ १५ गतेदेखि आन्दोलनमा रहेका राजावादीहरु दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने निर्णयमा पुगेका छन् ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति निकालेर दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने निर्णय भएको बताएका हुन् ।

२०५८ साल जेठ १९ गते तत्कालीन राजदरबार हत्याकाण्ड हुँदा राजा वीरेन्द्रसहित राजपरिवार सखाप भएको थियो ।

सोही दिनको सम्झनामा साँझ दीप प्रज्वलन गर्ने बताइएको छ । आज साँझ ६ बजे कमलादी गणेशस्थानमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको विज्ञप्तिमा उल्लेख छ ।

भर्खरै

सम्बन्धित खबर

Language »