सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खोलाले बगाएको पुलको सामान चोरेर बेचेको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौं । रोशी खोलाले बगाएको पुलको सामान चोरी गरेर बेचेको आरोपमा रोशी गाउँपालिका वडा नम्बर-७ का वडा अध्यक्ष अशोक गौतम पक्राउ परेका छन् ।

गत २०८१ साल असोज १० देखि १३ गतेसम्मको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले बगाएको थानसिङ बेसीस्थित फलामको पुलको सामान चोरी गर्दै बेचेको आरोपमा वडाध्यक्ष गौतम पक्राउ परेका हुन् ।

यस्तै, नमोबुद्ध नगरपालिका वडा न-६ वडा अध्यक्ष टिकाबहादुर केसी समेत यसमा संलग्न रहेको बताइएको छ । उनी भने पक्राउ परेका छैनन् । उनको खोजी भइरहेको छ ।

दुवै वडाध्यक्षबीच पुलको बाँकी सामान साझेदारी गरी आधा(आधा मूल्य बाँड्ने सम्झौतामा बिक्री गरिएको बताइएको छ । प्रहरीले घटनास्थलबाट लोड गर्न बोलाइएको दुईवटा टिपरसहित व्यवसायी र चालकलाई नियन्त्रणमा लिएको छ ।

कवाडी व्यवसायीहरूले वडा कार्यालयको सिफारिस र वडाध्यक्षहरूलाई बुझाएको भुक्तानीको प्रमाण प्रहरीलाई देखाएका थिए । त्यसकै आधारमा अभियोग दर्ता गरी अनुसन्धान अघि बढाइएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »