सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अनियन्त्रित भएर नालीमा खस्यो गोरखा जाँदै गरेको माइक्रो

काठमाडौं। धादिङको गजुरीमा माइक्रो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

काठमाडौंबाट गोरखा जाँदै गरेको बा ३ ख १६३० नम्बरको माइक्रो गजुरी गाउँपालिका-५ गलौदीस्थित पूर्व-पश्चिम लोकमार्ग सडकको भित्तापट्टि भागको नालीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालका अनुसार माइक्रो आफै अनियन्त्रित भएर नालीमा खसेको हो।

दुर्घटनामा तनहुँको बन्दिपुर गाउँपालिका-४ बस्ने ४६ वर्षीय सुकमाया परियार, आबुखैरेनी-१ बस्ने १८ वर्षीय मन्जु परियार, माइक्रोका सहचालक तनहुँको भानु नगरपालिका-८ बस्ने बर्ष २५ वर्षीय कृष्ण परियार,  गोरखाको पालुङटार नगरपालिका-५ का १७ वर्षीय सक्षम राजभाट र लमजुङको राइनस गाउँपालिका-६ का ७० वर्षीया हरिमाया परियार घाइते भएका छन्।

घाइतेहरुको अवस्था सामान्य रहेको प्रहिरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको छ।

माइक्रो चालक लमजुङको राइनस गाउँपालिका-६ का ३७ वर्षीय ज्ञानमान श्रेष्ठलाई नियन्त्रणमा लिइएको डिएसपी हमालले जानकारी दिए।

भर्खरै

सम्बन्धित खबर

Language »