सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राप्ती सोनारी गाउँपालिकाले असार १० गते गाउँसभा गर्दै, नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने

राप्ती सोनारी : राप्ती सोनारी गाउँपालिकाले यही असार १० गते गाउँसभाको १७ औं अधिवेशन गर्ने तयारी गरेको छ । सभाका अध्यक्ष तप्तबहादुर पौडेलले लुम्बिनी प्रदेशको गाउँ/नगर सभाको (कार्यसञ्चालन)कार्यविधि ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम राप्ती सोनारी गाउँपालिकाको गाउँसभाको १७ औं अधिवेशन असार १० गते मंगलबार दिउँसो १ बजे बस्नेगरी आब्हान गरेको प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले जानकारी दिए ।

गाउँ सभाको १७ औं अधिवेशनमा उपस्थित हुन सबै सदस्यहरुको गरिमामय उपस्थितीको लागि अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत ऐडीले बताए । गाउँ सभाको १७ औं अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । गाउँपालिका अध्यक्ष पौडेलले नीति तथा कार्यक्रम र उपाध्यक्ष मनिषासिंह थारुले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »