सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

टुँडालदेवी, ईच्छुमति एरियाका भित्रि सडक खण्डहरुमा जनचेतनामुलक कार्यक्रम सम्पन्न

काठमाडौ । वर्षातको मौसमसँगै डेंगुको जोखिम बढ्दै जान थालेपछी काठमाडौँ महानगरपालिका वडा नं ४ टुँडालदेवी लगाएत ईच्छुमति एरियाका भित्रि सडक खण्डहरुमा जनचेतनामुलक कार्यक्रम गरिएको छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी र ईच्छुमति टोल सुधार समितिको संयुक्त आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको हो ।

सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष एवम् वरिष्ठ समाजसेवी रामप्रसाद न्यौपानेले महामारीबाट मानव स्वास्थ्य बचाउने र समाजमा चेतना फैलाउने प्रयास अनुरुप कार्यक्रम आयोजना गरिएको जानकारी दिनु भयो ।

लक्षणविना पनि डेंगुको संक्रमण हुन सक्छ । त्यो सामान्यतया थाहा नहुन सक्छ । त्यसैले डेंगु सार्ने लामखुट्टेको टोकाइबाट बच्न आफु र आफु वरपरका छरछिमेक र टोलवस्तीमा लामखुट्टेको बासस्थान नष्ट गर्न पनि टोलवासीहरूमा राम्ररी सफा गर्नेलगायत उपाय अपनाउन न्यौपानेले आग्रह गर्नु भयो ।

कार्यक्रममा नेपाली सेनाका पुर्व रथी यादव रायमाझी,पुर्व उपरथी शिवराम प्रधान र पुर्व प्र.अ.म.नि.अमर सिह शाह र निरज शाही, प्रहरी बृत्त मालीगाउँ प्रहरी निरीक्षक दावा तेन्जिङ शेर्पा ,नेप्सेम्यपका प्रतिनिधि,युनिभर्सल स्कुलका बिधार्थी, सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरु, समाजसेवीहरु लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »