सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सागर बाबू संचितको लोभलाग्दो सिर्जना , एउटा भाव, माया र मौलिकताको संगम– ‘लैलै’ (भिडियो सहित)

काठमाडौं । तीजको उमंग, नाचगान, रमाइलो र नारी मनको कुरा झल्काउने यो गीतको शब्द र संगीत सागर बाबू संचितले रचेका हुन्। स्वरमा प्रीती आले र सागर बाबू संचितकै आवाज रहेको छ। गीत सुन्दा यस्तो लाग्छ – यो गीत गएकी छैन, आत्माले गाएको हो।

सजावटमा साथ दिएका छन् मोडलहरू – अस्मिता रनपाल, प्रकाश बस्नेत र चन्द्र आर्सी, जसको प्रस्तुति गीतको भावसँग मेल खाएर झनै आत्मीय बनाएको छ।

एरेन्ज र मिक्सिङको कुशल काम आरेम सुनारले सम्हालेका छन्, र रेकर्डिङ सोनोकी स्टुडियोमा गरिएको हो। यी सबैको समिश्रणले गर्दा “लैलै” अब केवल गीत होइन, यो त तीजको नयाँ चिनारी बनेको छ।

“लोक गीत भन्नु भनेको, जति सुन्दा पनि नअघाउने त्यस्तो मिठास हो, जुन आमाको लोरी जस्तै हुन्छ।”
सागर बाबू संचितको सिर्जना सुन्दा यही अनुभूति हुन्छ।‘लैलै’ भनेको केवल तीजको गीत होइन, यो त एक साँस्कृतिक उत्सव हो – जसमा परम्परा, आधुनिकता, भावना, उत्साह र लोकको आत्मा मिसिएको छ।
भिडियोः

भर्खरै

सम्बन्धित खबर

Language »