काठमाडौं । काठमाडौंको चावहिल चुच्चेपाटी पाटीमा नयाँ शैक्षिक संस्था “ स्कलर ज्ञान एकेडेमी” को भव्य उद्घाटन भएको छ ।
नेपालको शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले स्थापना गरिएको यस एकेडेमीले आधुनिक प्रविधि र शिक्षण विधिको समायोजन मार्फत हाइब्रिड मोडलमा आधारित पठन–पाठन सेवा सुरु गरेको जनाएको छ ।
एकेडेमीले साउन १६ गतेदेखि २३ गतेसम्म ‘ओपनिङ सप्ताह’का रूपमा मनाउँदै विद्यार्थीहरूका लागि विशेष छुटको व्यवस्था गरेको बताएको छ । यो सप्ताहमा एकेडेमीले भर्ना हुने विद्यार्थीहरूलाई ८० प्रतिशतदेखि १०० प्रतिशतसम्म तयारी कक्षामा शुल्क छुट दिने योजना ल्याएको छ ।
संस्थाका संस्थापक बाबुराम कार्कीका अनुसार विद्यार्थीलाई केवल ज्ञान मात्र दिने होइन, उनीहरूको भविष्य निर्माणमा सार्थक योगदान दिने सोचसहित यो एकेडेमी सुरु गरेको हो, भौतिक कक्षा र डिजिटल माध्यम दुबैमा सञ्चालन हुने कक्षाहरूले विद्यार्थीलाई समय र स्थानको कुनै पनि बन्देजमा नपरी अध्ययन गर्न सहज वातावरण निर्माण गरेको छ ।
“स्कलर ग्यान एकेडेमी”ले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै IELTS, PTE, TOEFL जस्ता अन्तर्राष्ट्रिय भाषा परीक्षाहरूको तयारी कक्षा समेत सञ्चालनमा गर्ने जनाएको छ ।
दक्ष प्रशिक्षकहरूको समुहद्वारा सञ्चालित यी कक्षाहरूमा विद्यार्थीले भाषा सीप मात्र नभई परीक्षा पास गर्ने रणनीति, समय व्यवस्थापन र मनोवैज्ञानिक तयारीसमेत सिक्न पाउनेछन् । एकेडेमीले विद्यार्थीको आवश्यकता अनुसार लचिलो समय तालिका, अभ्यास केन्द्रित प्रशिक्षण, नियमित मूल्यांकन परीक्षण र फिडब्याक प्रणालीको व्यवस्था गरेको छ ।
थप रूपमा, डिजिटल एपमार्फत अध्ययन सामग्री, रेकर्डेड लेक्चर, प्रत्यक्ष अनलाइन कक्षा, र टेस्ट अभ्यास गर्न मिल्ने विशेष सुविधा प्रदान गर्ने तयारी समेत गरिएको छ ।
यस सुविधाबाट विशेष गरी टाढाका विद्यार्थी, कामकाजी युवाहरू वा समयको अभावमा कक्षा जान नसक्नेहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।
डिजिटल माध्यमबाट अध्यापनको सुरुवातले एकेडेमीलाई नेपालमै बसी विश्वस्तरीय शिक्षा प्रवाह गर्न सक्ने क्षमताको उदाहरण प्रस्तुत गर्ने संचालकहरुले बताएका छन् ।
शैक्षिक क्षेत्रको आधुनिकरणमा टेवा र्पुयाउने उद्देश्यसहित अघि बढेको एकेडेमीले आगामी दिनमा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सहकार्य गर्दै छात्रवृत्ति, भर्ना प्रक्रिया, र करियर काउन्सेलिङ सेवा विस्तार गर्ने तयारी गरिरहेको छ ।
एकेडेमीले आफ्नो सेवामार्फत विद्यार्थीहरूलाई आत्मविश्वासी, प्राविधिक रूपमा दक्ष र विश्वस्तरको प्रतिस्पर्धाका लागि तयार बनाउने दाबी गरेको छ ।
स्थानीय समुदाय, अभिभावक, विद्यार्थी तथा शिक्षाविद्हरूले एकेडेमीको शिक्षण शैली र सुविधाको खुलेर स्वागत गरेका छन् । एकेडेमीको अन्य सहरहरूमा समेत सेवा विस्तार गर्ने योजना समेत संस्थाले अघि सारेको छ ।









