काठमाडौं । अन्तर्राष्ट्रिय स्तरको सामाजिक संगठनको रुपमा बिकास भएको लायन्स क्लबको नेपाल शाखा अन्तर्गत लायन्स ३२५ आई, मयुर पाँचपोखरी क्लब आईडि नम्बर १८८५९५को गठन भएको छ ।
आज गठन भएको क्लबले ठुलोबाबु श्रेष्ठको अध्यक्षतामा १९ सदस्यिय कार्यसमिति समेत चयन गरेको छ ।
लामो समय देखि व्यवसायीक संगठन र राजनितिमा सकृय ठुलोबाबु श्रेष्ठले सामाजिक संगठनको समेत नेतृत्व गर्न सफल हुनु भएको छ ।
गठन गरएको कार्यसमितिको अध्यक्ष ठुलोबाबु श्रेष्ठ ,उपाध्यक्ष बद्री थापा, महेशलाल श्रेष्ठ ,तोक बहादुर गधराज, शुदर्सन लम्साल ,सचिब छन्द प्रसाद नेपाल , सह सचिब दीपेन्द्र रायमाझी कोषाध्यक्ष लक्ष्मण नेपाल , सह कोषाध्यक्ष राम बहादुर तामाङ , सदस्य खोपकाजी श्रेष्ठ , शम्भु बिक्रम थापा,मनि कुमार श्रेष्ठ ,केदार प्रसाद चौलागाईं ,मनिषलाल श्रेष्ठ, राम बहादुर शाही, सिताराम बि क ,राजन दङ्गाल ,सुनिल कुमार ज्योति र ज्ञानेन्द्र गौतम रहेका छन् ।









