सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाजवादी महिला संघ बाँकेद्वारा हरितालिका तीजको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न


नेपालगञ्ज, जनता समाजवादी पार्टी (जसपा) नेपाल, बाँके महिला संघको आयोजनामा हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीजको उपलक्ष्यमा शुक्रबार नेपालगञ्जस्थित पार्टी कार्यालयमा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।


कार्यक्रममा आपसी भेटघाट, शुभकामना आदान–प्रदानका साथै तीजको सांस्कृतिक र सामाजिक महत्त्वमाथि छलफल गरिएको थियो। समाजवादी महिला संघ, बाँकेकी अध्यक्ष खुशबु श्रीवास्तवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा करिब ६० जना महिलाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय सचिव तथा नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले तीज पर्वले नेपाली महिलाहरूको सांस्कृतिक पहिचान र सामाजिक एकता कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले महिलाहरूलाई सामाजिक र राजनीतिक क्षेत्रमा थप सक्रिय हुन प्रेरित गर्नुपर्नेमा जोड दिए।
यस्तै, विशिष्ट अतिथिहरूमा जसपा नेपालका केन्द्रीय सदस्य बेबी तबस्सुम अन्सारी, केन्द्रीय सदस्य राम कुमार यादव, जिल्ला अध्यक्ष तथा वडा नं. २० का वडा अध्यक्ष कौशल कुमार धोबी, जिल्ला सचिव सूर्यलाल यादव र सहसचिव श्याम प्रसाद श्रेष्ठले पनि मन्तव्य राखेका थिए। उनीहरूले तीजको सांस्कृतिक महत्त्व र महिलाहरूको सशक्तीकरणमा जोड दिँदै शुभकामना व्यक्त गरेका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »