नेपालगन्ज , मानवशास्त्र परिवारको आयोजनामा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा “नेपालगन्जको विकास र युवा सहभागिता” विषयक खुला वक्तृत्वकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

प्रतियोगितामा १७ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए। ब्राडल्यान्ड कलेजका वीर गुप्ता प्रथम, महेन्द्र बहुमुखी क्याम्पसका युवराज बोगटी द्वितीय र विपासा लामिछाने तृतीय घोषित भए।

पुरस्कार वितरणमा समाजसेवी संजय केसी, उद्यमी अतुल गुप्ता (केक एण्ड बेकरी), नेवी संघका नेता तथा स्व.वि.यू. सदस्य गौरव विक्रम शाह लगायतका व्यक्तिहरूले प्रायोजन गरेका थिए। शाहले तेस्रो पुरस्कारसहित तीन वटा सान्त्वना पुरस्कारसमेत प्रायोजन गरेका थिए भने एस.एस. बिजुली भण्डारका मदन जैसीबाट पनि एक सान्त्वना पुरस्कार प्रायोजन गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि गोकर्ण बहादुर शाही, विशेष अतिथि अतुल गुप्ता, सभाअध्यक्ष धुर्ब वर्मा, समाजसेवी मोहम्मद सरिक वागवान, खेलप्रेमी संजय केसी, शिक्षाप्रेमी राजा खान नेपालगन्ज लगायत अतिथिहरूको उपस्थितिमा प्रतियोगिता सम्पन्न भएको थियो।

निर्णायकमा सुरेन्द्र सरदार र बालकृष्ण शर्माको भूमिका उल्लेखनीय रह्यो।

कार्यक्रममा टीका धिताल, मदन पौडेल, सरद शर्मा, विद्यार्थी नेता लोकेश शाह, ने.वि.संघका नेता तथा स्व.वि.यू. सदस्य गौरव विक्रम शाह र प्रतीक चौलागाईंलगायतहरूको सहभागिता रहेको थियो।








