सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज उपमहानगरपालिका वडा नं.–११ स्थित बिस्मिल्लाह होटलका सञ्चालक मोहम्मद उमर साई फरार

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडा नं.–११ स्थित बिस्मिल्लाह होटलका सञ्चालक मोहम्मद उमर साईलाई बिरयानी, कवाब, शोर्मा लगायतमा अखाद्य कोलटार रङ्ग प्रयोग र फोहोर ठाउँमा मासु भण्डारण गरेको आरोपमा जिल्ला अदालत बाँकेले ६ महिनाको कैद र एक लाख रुपैयाँ जरिवाना सजाय सुनाएको छ ।


मोहम्मद उमर साईको बिसमिल्लाह होटल मात्र नभई उनकै नामबाट आयुर्वेद न्यू रिल्याक्स स्पा समेत दर्ता रहेको छ । हाल मोहम्मर उमर साई नेपालगन्ज मै रहेपनि प्रहरीको नियन्त्रणमा आउन सकेका छैनन् भन्ने स्रोतले दिएको जानकारी अनुसार विभिन्न फर्महरु साई कै नाममा दर्ता भएपनि उनले आफ्नो कर्मचारीमार्फत काम गर्दै आएको बताए ।


बिसमिल्लाह होटलमा तयार गरिएको खाद्यन्न परिकारहरुले प्रत्येक्ष रुपमा मानव जीवनमा हनिकार रहेको खाद्यन्न तथा गुणस्तर विभागले जनाएको छ ।


विभागले दिएको जानकारी अनुसार बिस्मिल्लाह होटलद्वारा तयार गरी ग्राहकलाई पस्कने बिरयानी, कवाब, शोर्मा लगायतमा वस्तु कोलटार रङ्ग प्रयोग गर्नुले स्वास्थ्यमा गहिरो प्रभाव पर्नुका साथै भविष्यमा क्यान्सर जस्तो भयावाह बिरामी बनाउन सक्ने बताए ।
स्रोतका अनुसार बिसमिल्लाह होटल सञ्चालक साई हाल फरार रहेका छन् । उनी भारततर्फ लुकेर बस्न सक्ने बताईएको छ ।(सत्यम् खबर अनलाईन )

भर्खरै

सम्बन्धित खबर

Language »