काठमाडौं । एमाले नेता ऐन महर पक्राउ परेका छन् । जिल्ला अदालत काठमाडौैंको पक्राउ पुर्जीको आधारमा महरलाई अनुसन्धानका लागि बुधबार पक्राउ गरिएको हो । उनीविरुद्ध विद्युतीय अपराधको उजुरी दर्ता भएको थियो ।
बझाङ निवासी रश्मिला धामीले गालीबेइज्जती तथा चरित्र हत्यासम्बन्धी दिएको जाहेरीका आधारमा जिल्ला अदालत काठमाडौंले भदौ ९ मा पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रहरीको साइबर ब्युरोले महरलाई पक्राउ गरेको हो । उनलाई म्याद थपका लागि आजै अदालत पेस गरिँदैछ ।








