सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना भएकी छन्।

उनलाई मंगलबार बेलुकी बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरिएको हो।

अध्यक्ष श्रेष्ठका स्वकीय सचिव  भक्तबहादुर चलाउनेले नियमित फलोअपका लागि उनलाई गंगालाल अस्पताल लगिएको जानकारी दिए।

अध्यक्ष श्रेष्ठको यसअघि गत वैशाखमा टोखास्थित ग्रान्डी अस्पतालमा उपचार भएको थियो।

मुटुसँग सम्बन्धित समस्या हो कि भनेर चेकजाँचका लागि मंगलबार बेलुकी गंगालाल लगिएको स्वकीय चलाउनेले जानकारी दिए।

सबै रिपोर्टहरू सामान्य रहेको पनि चलाउनेले जानकारी दिए।

भर्खरै

सम्बन्धित खबर

Language »