सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बैंकिङ कसूर मुद्दाका फरार पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-१० निलोपुल बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका-८ घर भएका ४२ वर्षीय अर्जुन नेपाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत भक्तपुरबाट बैंकिङ कसूर मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुढानिलकण्ठ नगरपालिका-१० निलोपुलबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »