सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजै देखि बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ ।

बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजदेखि नै बन्द गरिने भएको छ । बैठकमा मन्त्रालयका अधिकारी, टेलिकम प्राधिकरणका अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

सरकारले नियमनमा आउनका लागि फेसबुकलगायतका सामाजिक सञ्जाललाई दिएको एक साताको समयसीमा गएराति सकिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »