सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कलंकी चोकमा गोली चलेपछि स्थिति तनावग्रस्त

काठमाडौं । राजधानीको कलंकी चोक तनावग्रस्त बनेको छ । प्रदर्शनकारी तोडफोडमा उत्रिएको भन्दै सुरक्षाकर्मीले गोली प्रहार गरेपछि कलंकीको स्थिति तनावग्रस्त बनेको हो ।

शान्तिपूर्ण आन्दोलन गरिरहेका जेनजी र तिनको समर्थकमाथि प्रहरीले एक्कासि अश्रुग्यास प्रहार र लगत्तै गोली प्रहार गरेपछि कलंकी चोकको अवस्था तनावग्रस्त बनेको हो । त्यसैको विरोधमा प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

कलंकीमा भेला भएका करिब ५ हजार हाराहारी प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गरिरहेका थिए । सोही क्रममा एक्कासि प्रहरीले अश्रुग्यास प्रहार गरेर भिड तितरबितर पारेको प्रदर्शनमा सहभागी नागार्जुन नगरपालिका–९ का स्थानीय उमेश भट्टराईले जानकारी दिए । काठमाडौं महानगरपालिका–१४ कलंकी र नागार्जुन नगरपालिकाको सीमा जोडिएको छ ।

‘हामी शान्तिपूर्ण तरिकाले नाराबाजी गरेर बसिरहेका थियौं,’ उनले भने, ‘तर, प्रहरीले अश्रुग्यास प्रहार गरेर बल प्रयोग गरिदियो । प्रहरीले हानेको अश्रुग्यास एक जना प्रदर्शनकारीको आँखामै लाग्यो । उनलाई अहिले कलंकी चोकमै रहेको सहिद अस्पतालमा उपचार गर्न पठाएका छौं । उनको परिचय खुलेको छैन ।’

भर्खरै

सम्बन्धित खबर

Language »