सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लायन्स क्लब अफ काठमाडौं श्री माछापोखरी र लायन्स क्लब अफ सिटिजन गुरुप द्वारा अस्पताल मा भएका धाइते हरुलाई खाद्यान्न र नगत हस्तान्तरण सम्पन्न

राजन थापा

काठमाडौं / लायन्स क्लब अफ काठमाडौं श्री माछापोखरीले हालै शिक्षा, स्वास्थ्य, वातावरण तथा सामाजिक सेवासम्बन्धी विविध कार्यक्रमहरू सम्पन्न गरेको छ।

क्लबका अध्यक्ष लायन सनत कुमार बस्नेत एमजेएफका अनुसार क्लबले विगत १७ वर्षदेखि निरन्तर सेवा कार्यलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको छ।

जुलाई २ गते क्लबले काठमाडौं महानगरपालिका–१६, गुम्बा क्लब भवनमा आँखा परीक्षण तथा आँखादान कार्यक्रम सम्पन्न गरी दुई जना बिरामीको मोतिबिन्दु शल्यक्रिया गरेको थियो। त्यस्तै, जुलाई ३ मा मधुमेह परीक्षण तथा जनचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै करुणा भवन, ललितपुरमा सरसामान र सेनिटरी प्याड वितरण गरिएको थियो।

क्लबले जुलाई ४ मा गौशालामा भोकमरी निवारण कार्यक्रम, जुलाई ५ मा रक्तदान कार्यक्रम, जुलाई ६ मा तारकेश्वर धाम मन्दिर कार्यक्रम तथा जुलाई ७ मा बिरामी सुरक गुरुङलाई आर्थिक सहयोग गरेको जनाएको छ।

यस्तै, जुलाई १२ मा जिल्ला स्तरीय वृक्षारोपण कार्यक्रम, जुलाई ३१ मा नुवाकोटस्थित श्री ब्रमेश्वर वेद विद्याश्रममा खाद्यान्न वितरण, अगस्ट ११ मा वृक्षारोपण तथा जनावरलाई दाना वितरण, अगस्ट १७ मा लाक्हे नाचको अवसरमा पिउने पानी वितरण, अगस्ट २१ मा बसन्तनगर माधव मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन र अगस्ट ३० मा जिल्ला क्याबिनेट अफिसर्स इन्स्टलेसन तथा पहिलो क्याबिनेट बैठकमा सहभागिता जनाएको छ।

त्यसैगरी, सेप्टेम्बर १३ मा क्लबले लायन्स क्लब अफ काठमाडौं सिटिजन गुरुपसँग सहकार्यमा जेन–जेड आन्दोलनका घाइते तथा तिनका परिवारलाई निःशुल्क भोजन सेवा प्रदान गरेको हो।

समाजसेवी संस्था समानुभूति नेपालका तुल्सी श्रेष्ठसँग सहकार्यमा गरिएको उक्त कार्यक्रममा राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत ६० भन्दा बढी घाइते तथा उनीहरूको रेखदेखकर्तालाई सन्तुलित खाना वितरण गरिएको थियो। यस अवसरमा तुल्सी श्रेष्ठलाई चामल, दाल, आलु, प्याजलगायतका खाद्यान्न सामग्री सहयोग गरिएको पनि क्लबले जनाएको छ।

भोजन सेवामा रिजन चेयरपर्सन लायन राजकुमार श्रेष्ठ, जोन चेयरपर्सन लायन सजिना सिंह कार्की, निवर्तमान अध्यक्ष लायन श्यामसुन्दर महर्जन, क्लबका अध्यक्ष लायन सनत कुमार बस्नेत, सचिव लायन जगदिश्वर थपलिया तथा लायन्स क्लब अफ काठमाडौं सिटिजन गुरुपका अध्यक्ष जनक बस्नेतलगायतको उपस्थिति रहेको थियो।

लायन्स क्लब श्री माछापोखरीले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र मानव सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »