सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अर्थमन्त्रीले भेटे जेनजी आन्दोलनका घाइते

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले  जेनजी आन्दोलनका घाइतेलाई भेटेका छन् ।

बुधबार विराटनगर आएका अर्थमन्त्री खनालले विराट मेडिकल कलेज पुगेर आन्दोलनका घाइते सन्तनु ढकाललाई भेटेका हुन् ।

भदौ २३ गते इटहरीमा भएको प्रदर्शनका क्रममा मोरङको बुढीगंगा–७ का ढकालको अनुहारमा  गोली लागेको थियो ।

विराट मेडिकल कलेजमा उनको २ पटक शल्यक्रिया गरेको थियो । अस्पतालका अनुसार ढकालको अवस्था सुधारोन्मुख छ । अस्पतालका अनुसार, सान्तनुको उपचार नि:शुल्क भइरहेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »