सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मनास्लु क्षेत्रमा पहिरोमा पुरिइन् एक विदेशी पर्यटक

काठमाडौं। मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिएकी छन्।

चुमनुब्री–३ न्याक फेदीनेर खसेको पहिरोले चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा पुरिएकी उनका गाइड रमेश भट्टले जानकारी दिए।

न्याक फेदीभन्दा केहीमाथि भिरमा आज दिउँसो २ः०० बजेतिर घटना भएको उनले बताए।

‘भिरबाट झरेको ढुंगाले उहाँलाई पुरेको छ। टाउको मात्र देखिएको छ,’ उनले भने, ‘उहाँको श्रीमान र म चाहिँ सकुशल छौँ।’ 

त्यतिबेला ठूलो पर्यटकको समूह रहेको उनले बताए।

‘उहाँ पुरिए पनि पहिरोको डरले कसैले उद्धार गर्न सकेनन्,’ उनले भने।

घटनास्थल बस्तीबाट धेरै टाढा रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए।

भर्खरै

सम्बन्धित खबर

Language »