सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

महामन्त्री थापाले केन्द्रीय समितिमा प्रस्तुत गरे कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजको केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिका पेस गरेका छन्।

उनले १५ औं महाधिवेशन कार्यतालिका पेस गरेका हुन्।

महामन्त्री थापाले पुस १६ गतेदेखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गरेका छन्।

यसअघि महामन्त्री थापाले विभिन्न मितिसहितको कार्यतालिका केन्द्रीय कार्यसम्पादन समितिमा पेस गरेका थिए।

तर सभापति शेरबहादुर देउवा पक्षका अधिकांश पदाधिकारी र पूर्वपदाधिकारी फागुन २१ को चुनावअघि महाधिवेशन गर्न नहुने अडानमा रहेका थिए।

यसैबीच सभापति देउवा पक्षले पनि महाधिवेशन कार्यतालिका पेस गर्ने तयारी गरेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »