सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौंबाट ‘ग्यास गन’ सहित एक जना पक्राउ

काठमाडौं । काठमाडौंबाट ग्यास गन सहित एक जना पक्राउ परेका छन्।

बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए।

पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौंको सहयोगी नगर बस्ने २१ वर्षीय मनोज ढुंगाना छन्।

उनलई प्रहरीले एउटा ग्यास गन, एउटा मोबाइल र प्रहरीको भीड नियन्त्रणका लागि प्रयोग हुने लेगगार्ड पनि बरामद भएको छ। भीड नियन्त्रण गर्न प्रहरीले ग्यास गन प्रयोग गर्छ। यसबाट अश्रुग्यास प्रहार हुन्छ।

प्रहरीले पाएको विशेष सूचनाको आधारमा कार्यालयको टोली खटिएको थियो।

उक्त टोलीले पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ। 

भदौ २४ गते काठमाडौं उपत्यकासहित देशभरिबट १२ सय भन्दा बढी हातहतियार लुटिएका थिए। त्यसमध्ये अधिकांस हतियार फिर्ता भइसकेको प्रहरीको भनाइ छ। यद्यपि सुरक्षा निकाय तथा गृह मन्त्रालयले कति हतियार फिर्ता भएको भन्ने तथ्यांक सार्वजनिक गरेको छैन।

भर्खरै

सम्बन्धित खबर

Language »