सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कूल ब्वायले साइन गरे ‘भाइटीका’, धीरज मगरको ठाउँमा भित्रिए

काठमाडौँ ।  ‘होस्टेल ३’ स्टार कूल ब्वाय (पारस बम) निर्माता रोहित अधिकारीको आगामी फिल्म ‘भाइटीका’ मा अनुबन्धित भएका छन् ।

केही दिनअघि निर्मातासँग अभिनेता तथा कन्टेन्ट क्रिएटर बमले लिखित सम्झौता गरेको स्रोतले जनायो ।

अभिनेता धीरज मगर बाहिरिएपछि उनको ठाउँमा कूल ब्वाय भित्रिएको जनाइएको छ । धीरज ‘ऐरी’ को छायांकनमा ब्यस्त हुनुपर्ने भएपछि निर्माताले पारसलाई फिल्ममा ल्याएका हुन् ।

डेढ महिनाअघि धीरजले निर्माता संघको रोहवरमा भएको बैठकमा तोकिएको मितिमा आफू छायांकनमा उपस्थित हुने लिखित सहमतिमा हस्ताक्षर गरेका थिए ।

फागुनदेखि छायांकन सुरु हुने अपेक्षा गरिएको ‘भाइटीका’को शीर्ष भूमिकामा यसअघि विपिन कार्की अनुबन्धित भैसकेका छन् । फिल्ममा विपिन र कूल ब्वाय मामाभाञ्जाको भूमिकामा हुने बुझिएको छ ।

विपिन फिल्ममा मुनाफा साझेदारको रुपमा पनि छन् । शीर्ष अभिनेत्री टुंग्याउन बाँकी रहेको जनाइएको छ ।

चर्चित कन्टेन्ट क्रिएटर कूल ब्वायलाई ‘होस्टेल ३’ ले मूलधारको घरेलु फिल्ममा अभिनय कलाकारको रुपमा प्रसिद्धी दिएको थियो ।

दीपक वलीले निर्देशन गर्ने फिल्म ‘भाइटीका’को पटकथा महेश दवाडीको हुनेछ । फिल्मको प्रदर्शन २०८३ सालको तिहार छेकोमा हुने अपेक्षा छ ।

भर्खरै

सम्बन्धित खबर

Language »