सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वरिष्ठ सेफ थापामगर फादर अफ सेफ्सको उपाधिबाट सम्मानित

ललितपुर – सेफ एसोसिएसन अफ नेपालका संस्थापक अध्यक्ष तथा महालक्ष्मी कलिनरी आर्टस् का प्रबन्ध निर्देशक पुष्प थापामगर “ फादर अफ सेफ्स ” उपाधिबाट सम्मानित हुनुभएको छ ।

शनिबार महालक्ष्मी कलिनरी आर्टस् नेपालको २२औँ वार्षिकोत्सवका अवसरमा आयोजित बिशेष कार्यक्रममा सेफ्स एशोसिएसन अफ नेपाल र ग्रीन एग्रो नेपालको तर्फबाट थापामगरलाई “ फादर अफ सेफ्स ” उपाधिबाट बिशेष सम्मान गरिएको हो।

झन्डै पाँच दशक देखि आतिथ्य क्षेत्रमा नयाँ स्वाद पस्किने क्रमलाई निरन्तता दिँदै पाकशिक्षा एवम् प्रशिक्षण कार्यमा सकृय थापामगरलाई नेपाली पाककला मार्फत नेपाली खानाका परिकारहरू को उजागर गर्ने लगायतका कार्यहरू को कदर स्वरूप “ फादर अफ सेफ्स “उपाधिबाट सम्मान गरिएको सेफ्स एसोसिएसनका अध्यक्ष रेशम कुमार लामा तामाङले बताउनुभयो।

भर्खरै

सम्बन्धित खबर

Language »