सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

गए राति १२ बजेतिर खैरहनी-८ चैनपुर चोकनजिकै पूर्वपश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०३ -००२ ख ०७९९ नम्बरको कन्टेनरले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६-००५ प ७७६८ नम्बरको को मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकलका चालक चितवनको राप्ती-७ बस्ने १९ वर्षीय श्रीराम कँडेल र मोटरसाइकलमा सवार राप्ती-५ की २० वर्षीया बिमला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रवीन्द्र खनालले जानकारी दिए।

उनीहरूको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।

कन्टेनर, मोटरसाइकल र कन्टेनर चालक सर्लाहीको बरथवा नगरपालिका-१७ बस्ने २७ वर्षीय धनेलाल शाह प्रहरीको नियन्त्रणमा छन्।

भर्खरै

सम्बन्धित खबर

Language »