सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एनपिएलमा सट्टेबाजीको छद्म ब्रान्डको विज्ञापन राखेपछि क्यानलाई स्पष्टीकरण सोधिने

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा सट्टेबाजीको छद्म ब्रान्ड दाफा न्युजको विज्ञापन राखेपछि नेपाल क्रिकेट संघलाई विज्ञापन बोर्डले स्पष्टीकरण सोध्ने भएको छ।

एनपिएलमा सट्टेबाजीका छद्म ब्रान्डको विज्ञापन प्रयोग नगर्न भनेर बोर्डले यसअघि नै क्यानलाई पत्राचार गरेको थियो। त्यसका बाबजुड क्यानले कुनै कानुनले नरोकेको बताउँदै दाफा न्युजको विज्ञापन प्रयोग गरेको छ।

बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले क्यानलाई स्पष्टीकरण सोध्न चिठ्ठी पठाउने तयारी भइरहेको बताए। ‘स्पष्टीकरणको चिठ्ठी जान्छ। तयारी भइरहेको छ,’ उनले भने।

एनपिएलको विषयमा उठेको मुख्य प्रश्न अनलाइन बेटिङ (जुवा) को हो।

क्यानले अनलाइन बेटिङ गर्ने मुख्य कम्पनीको ब्रान्ड प्रचार गरिरहेको छ। अनलाइन बेटिङ गराउने ती छद्म कम्पनीको प्रचार गर्न पाइन्छ कि पाइँदैन भन्ने विषयमा सरकारी पक्ष र क्यानको आ-आफ्नै दाबी छ।

गत सिजनमा पनि विज्ञापन बोर्डले अनलाइन बेटिङ गर्ने छद्म कम्पनी ‘डाफा न्यूज’ लगायतका ब्रान्डको प्रचार गरेको विषयमा क्यानलाई स्पष्टीकरण सोधेको थियो। त्यसमा क्यानले चित्तबुझ्दो जबाफ नदिएको भन्दै सचेत समेत गराएको थियो।

त्यस्तै बोर्डले गत भदौ १३ गते सार्वजनिक विज्ञापन निकालेर डाफा न्यूजसहितका अनलाइन बेटिङसम्बन्धी छद्म कम्पनीको नाम नै उल्लेख गरेर त्यसको विज्ञापन नगर्न भनेको थियो।

त्यस्तो विज्ञापन गरिए कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »