सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तिलोत्तमामा पहिलो ब्यान्ड च्याम्पियनसिप २०२५ हुदै

सुमन ढकाल। पहिलो पटक जिल्ला स्तरिय ब्यान्ड च्याम्पिएनसिप २०२५ हुने भएको छ।

रुपन्देही तिलोत्तमा नगरपालिकाको मणिग्राम अवस्थित New Environment English Secondary School मा मंसिर १९ गते शुक्रबार यस्तो कार्यक्रम आयोजना हुने भएको हो। सो कार्यक्रम New Environment गितार क्लवले तयार पारेको किशोर बश्यालले जानकारी दिनुभएको हो।

कार्यक्रममा सबै प्रकारका नेपाली गीतहरु प्रस्तुत गर्न पाइने छ । एक ग्रुप को दर्ता शुल्क रु २५०० उल्लेख गरिएको छ। यो कार्यक्रम जिल्ला स्तरिय पहिलो पटक गरिएको योजनाकार वश्यालले जानकारी दिनुभएको हो। कार्यक्रममा सामुदायिक तथा निजि विद्यालयका विद्यार्थीहरु सहभागी हुने देखिएको छ।

भोकल, गीतार, लिड गीतार, ड्रम, किवोर्ड जस्ता सामानहरुबाट बजाउने गरि कार्यक्रम राखिएको छ।कार्यक्रममा विजय हासिल गर्ने प्रतियोगीलाइः
पहिलो पुरस्कारः- रु १० हजार ट्रफी र प्रमाणपत्र
दोश्रो पुरस्कार- रु ६ हजार ट्रफी र प्रमाणपत्र
तेस्रो पुरस्कारः- रु ३ हजार ट्रफी र प्रमाणपत्र
चौथो पुरस्कारः- ट्रफी र प्रमाणपत्र
कार्यक्रम बिहान १०ः३० बजे सन्चालन हुनेछ।

भर्खरै

सम्बन्धित खबर

Language »