राजन थापा
काठमाडौँ | राजधानीको मोटरसाइकल बजारमा झण्डै तीन दशकको निरन्तर अनुभव बोकेको Hero Showroom – ज्ञानेश्वर, पशुपति मार्ग, पुराना सवारी साधनको उचित मूल्यांकन, पारदर्शी व्यवहार र भरपर्दो सेवाका कारण ग्राहकहरूको पहिलो रोजाइ बनेको छ।
व्यवसायी ध्रुव अर्यालद्वारा सञ्चालित शो–रूमले २८ वर्षयता मोटरसाइकल खरिद–बिक्रीमा विश्वसनीयता, सरल प्रक्रिया तथा ग्राहकमैत्री वातावरणमार्फत आफ्नो छुट्टै पहिचान स्थापित गर्दै आएको छ। अर्याल भन्छन्— “हामीकहाँ आउने ग्राहकलाई नयाँ मोटरसाइकल नलिई हातखाली फर्कनु पर्दैन। पुराना सवारी साधनको मूल्यांकनमा पारदर्शिता र उचित मूल्य हाम्रो प्रमुख प्रतिवद्धता हो।” ग्राहकहरूको विश्वास जित्दै आएको Hero Showroom ले पुराना मोटरसाइकलको वास्तविक मूल्यांकन, छिटो कागजी प्रक्रिया, सहज सर्भिस तथा मैत्रीपूर्ण व्यवहारका कारण बजारमा अग्रस्थान कायम राख्न सफल भएको छ।
VAT बिल लिएर आउने ग्राहकलाई ॐ समाज डेण्टलमा दन्त उपचारमा विशेष छुट ग्राहक–मैत्री सेवालाई अझ थप प्रभावकारी बनाउँदै, Hero Showroom बाट सवारी साधन खरिद गर्ने ग्राहकका लागि अब अर्को महत्वपूर्ण सुविधा उपलब्ध भएको छ। शो–रूमबाट प्राप्त VAT बिलको प्रतिलिपि लिएर ॐ समाज डेण्टल अस्पतालमा जाने सबै ग्राहकले दन्त उपचार सेवामा विशेष सहुलियत पाउनेछन्।
राजधानीमा ‘सडकदेखि सदनसम्म’ सबैको पहुँचमा दन्त सेवा पुर्याउँदै आएको ॐ समाज डेण्टल ग्राहकहरूको प्राथमिक छनोट बनेको छ। गुणस्तरीय उपचार, अनुभवी चिकित्सक र किफायती शुल्कका कारण अस्पताल दिनानुदिन लोकप्रिय बन्दै गएको छ।
Hero Showroom – ज्ञानेश्वर, पशुपति मार्ग
०१–४५२८९७०








