सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सरकारलाई राष्ट्रपतिको सुझाव : निर्वाचन मितिमा दायाँबायाँ नहुने गरी ध्यान केन्द्रित गर्नुहाेला

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको आगामी फागुन २१ गते तोकिएको निर्वाचनको मितिमा दायाँबायाँ नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित एक कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले यस्तो सुझाव दिएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका हुन् ।

राष्ट्रपति पौडेलले उक्त चुनावलाई प्रभावित नहुने गरी काम गर्न पनि सरकारलाई सुझाएका छन्। उनले अघिपछि भन्दा अत्यन्त तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन नेपाली सेनासहितका सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन् ।

सो अवसरमा प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशील कार्कीले राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन पेस गरेका थिए ।

राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा थपिएका तथा भविष्यमा आइपर्ने सुरक्षा चुनौतीहरूसमेत आँकलन गरी राष्ट्रिय सुरक्षा परिषद्ले आगामी दिनमा आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

भर्खरै

सम्बन्धित खबर

Language »